क्युवाको हवानास्थित साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा एक गर्भवती महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रारम्भिक तथ्याङ्कअनुसार उक्त घटनामा एक गर्भवती महिला र बालबालबालिकासहित १८ जनाको मृत्यु भएको छ । क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यबद्धताका लागि मित्र राष्ट्रहरूलाई धन्यवाद दिएका छन् । क्युवाली अधिकारीहरूले यसअघि विस्फोटमा परी नौ जनाको मृत्यु भएको र ४० जना घाइते भएका बताएका थिए।