No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बुटवलको मिलनचोकमा बम बिस्फोट

0

बुटवल। बुटवलको मिलनचोकमा प्रेसरकुकर बम बिस्फोट भएको छ । बुधबार राति साढे आठ बजेको समयमा अज्ञात समूहले राखेको प्रेसर कुकर बम बिस्फोट भएको हो ।

मिलनचोकमा रहेको सनराईज बैंकको अगाडिको भागमा राखिएको प्रेसर कुकर बम बिस्फोट हुँदा नजिकै रहेको एक होटलमा सामान्य क्षति पुगेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीका अनुसार निर्वाचन बिरोधी समूहले उक्त बम राखेको हुन सक्ने बताए ।

वैशाख २९ र ३० गते नेपाल बन्द गरौं भन्ने आब्हान गरेको समूहले बम बिस्फोट गरेको हुन सक्ने उनले बताए । उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु समेत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ।

प्रकाशित: २८ बैशाख २०७९, बुधबार १६:२१

Leave a Reply