No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैनः बाबुराम भट्टराई

0

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतन्त्रमा खुला रुपमा विचार व्यक्त गर्न पाउनुपर्ने बताएका छन् । गोप्य हुनुपर्ने मतदानलाई सार्वजनिक गरेका भट्टराईले गोप्य मतदानको विपक्षमा मत व्यक्त गरेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भट्टराईले मतदान गरिरहेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

त्यसको बचाउ गर्दै भट्टराईले भनेका छन्,’लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार÷मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन।गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन ।’

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार ०९:३१

Leave a Reply