No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मारिऊपोलमा जित हात पारेको रुसी दाबी

0

रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ । उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको जनाएको छ । महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए ।

शुक्रबार युक्रेनी फौज पछि हटेसँगै मारिऊपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार ५३१ युक्रेनी लडाकुहरू त्यहाँबाट हटेपछि मारिऊपोल र सो स्टील उद्योग अहिले पूर्णतः मुक्त भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको बताए ।

शुक्रबार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले आज सैनिक कमान्डबाट उनीहरूलाई बाहिर निस्कन आदेश दिएको बताए । रुसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए। उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए ।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार ०४:५२

Leave a Reply