No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चलचित्र पत्रकारिता पुरस्कार वितरण

0

काठमाडौं । फिल्म पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । हरेक बर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउने गरिन्छ । कोरोनाका कारण रोकिएको ३ बर्षको चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान यो वर्ष एकैपटक प्रदान गरिएको हो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६ जना फिल्म पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् । समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भए भने दिवाकर मैनाली र आर. डि. शृंखलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरियो ।

त्यस्तै, सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सम्मान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत भए । २०७८ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मनोज न्यौपाने र सोही वर्षको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पोखराका रेम रसाइलीलाई प्रदान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित भए ।

२०७९ सालको ‘चलचित्र पत्रकारिता पुरस्कार’ भने नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई प्रदान गरियो । त्यस्तै, २०७९ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फोटोग्राफर उद्धव रसाइली र सोही सालको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ हेटौंडाका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो ।

चलचित्र पत्रकारिता पुरस्कारको राशि ५१ हजार रुपैयाँ र मोफसल चलचित्र पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। समारोहमा अभिनेता राजेश हमाल, भुवन केसी लगायत कलाकारका साथै बिभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: ५ असार २०७९, आईतवार १७:४७

Leave a Reply