No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

घाइते जनावर बोक्न ललितपुर महानगरले ल्यायो एम्बुलेन्स

0

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्याउन एम्बुलेन्स सेवा सुरु गरेको छ । स्नेहाज केयरसँगको सहकार्यमा महानगरपालिकाले एम्बुलेन्स सेवा सन्चालनमा ल्याएको हो । मेयर चिरीबाबु महर्जनले बुधबार एक कार्यक्रमकाबीच एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

\मेयर महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरेको बताए । स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताइन् ।

महानगरले ४० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको हो । महानगरपालिकाले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो ।

प्रकाशित: ८ असार २०७९, बुधबार ०९:०५

Leave a Reply