No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल र युएईविरुद्धको सेमिफाइनल रद्ध, युएई फाइनलमा

0

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित हुँदा नेपाल बाहिरिएको छ । यूएई फाइनलमा पुगेको छ । मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य सामान्य लक्ष्य दिएको थियो। यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो । यूएईकी वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन्। उनी प्लेयर अफ दि म्याच भइन् ।

यस्तै इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिइन् । तर खेल रद्द भएपछि नेपाल बाहिरियो । नेपाल समूह ‘बी’ को उपविजेता र यूएई समूह ‘ए’ को विजेता हो । नियमअनुसार यूएई समूह विजेता हुँदा फाइनलमा पुग्न सफल भयो । अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल केहीबेरमा सुरु हुनेछ । फाइनल खेल भोलि हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश र थाइल्यान्ड रहेका छन्।

प्रकाशित: १० असार २०७९, शुक्रबार ०६:५९

Leave a Reply