No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एकीकृत समाजवादी भित्रको विवाद अध्यक्ष नेपालको काबुभन्दा बाहिरः योगेश भट्टराई

0

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी विभाजनको समयमा चिनेको खेलाडीहरु माधवकुमार नेपाल र झलनाथ खनालले चिन्दै जाने बताएका छन् ।

एकीकृत समाजवादीमा देखिएको विवादको विषयमा सामाजिक संजालमार्फत टिप्पणी गर्दै भट्टराईले परिस्थिति अध्यक्ष नेपालको काबुभन्दा बाहिर जाने अवस्थामा पुग्न लागेको बताएका हुन् ।

उनले भनेका छन्,‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि उहाँले नमाने पछि कुनैदिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भईरहेको छ । हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्माबोध र पश्चातपः सिर्फ कहिले ?’

नेकपा एमालेभित्र विवाद हुँदा नेपाललाई साथ दिँदै आएका भट्टराईसहितका नेताहरु १० बुँदे सहमति गरेर विभाजनबाट सहभागी भएका थिएनन् ।

प्रकाशित: १० असार २०७९, शुक्रबार ०८:५७

Leave a Reply