No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विश्व कीर्तिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा

0

ललितपुर । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भुु तामाङको स्वास्थ्यस्थिति बारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् । आइतबार बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुुगी उनको स्थास्थ्य स्थितिबारे अध्यक्ष प्रचण्डले जानकारी लिएका हुन् ।

सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् । तामाङको स्वास्थ्य अवस्था बारे अध्यक्ष प्रचण्डले चिकित्सकहरुबाट जानकारी लिएका थिए ।

त्यसक्रममा प्रचण्डले उनको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुुर्याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित: १२ असार २०७९, आईतवार ०४:२७

Leave a Reply