No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दक्षिण अफ्रिकाको रात्रि क्लबमा कम्तीमा १७ जनाको शव फेला

0

दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला परेको छ । ती शव आइतबार बिहान फेला परेका हुन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

इस्ट्रेन केपको उक्त घटनास्थलमा ठूलो सङ्ख्यामा आपत्कालीन सुरक्षा कर्मचारीहरू खटाइएका छन् । घटनास्थलमा रहेकी इस्ट्रन केपका पुलिस कमिस्नरले रात्रिकालीन क्लबमा भागदौड मच्चिएर घटना भएको बताएकी छन् । स्थानीय सञ्चारमाध्यमहरूले विषालु पदार्थ वा भागदौडका कारण त्यसो भएको हुनसक्ने आँकलन गरेका छन् ।

प्रकाशित: १२ असार २०७९, आईतवार ०९:२२

Leave a Reply