No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार देउवाले चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन गरेका  छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा  मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसअनुसार जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार हुने बताइएको छ ।

 

 

प्रकाशित: १२ असार २०७९, आईतवार १४:२३

Leave a Reply