No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वाम गठबन्धनको अभियानमा वामदेव, ओलीसँगको भेटमा गल्ती स्वीकार

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न गौतम बिहीबार बिहान बालकोटस्थित ओली निवास पुगेका थिए । गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

नयाँ दल घोषणापछि गौतमले तीन महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए । सोही अभियानअन्तर्गत गौतमले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार कम्युनिष्ट पार्टी एकीकरण र एकीकरण नभए चुनावी गठबन्धन गर्ने प्रयास अन्तर्गत एमाले अध्यक्ष ओलीलाई भेट भएको हो । गौतमले अध्यक्ष ओलीसँगको भेटमा पार्टी विभाजन गर्नु गलत भएको स्वीकार गरेका एमालेले जनाएको छ । गौतमले अन्य दलका नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रकाशित: १६ असार २०७९, बिहीबार ०७:३९

Leave a Reply