No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हिन्दूअधिराज्य नेपाल किन ?

0
यस पृथ्वी धरातलमा मनुष्यको प्रादुर्भाव, विकास र उत्थान जहाँबाट आरम्भ भयो, आज विश्वले त्यस स्थानलाई पूर्वक्षेत्रको रुपमा स्वीकार्दै आएको सबैलाई विदितै छ । हालको भारतवर्ष नै विश्वको पूर्व मोहडा र त्यस वरिपरिका हिउँले ढाकेका क्षेत्र सबै हिमवत्खण्डको नामले संसार प्रसिद्ध छ । नेपाल यही हिमवत्खण्ड क्षेत्र अन्तर्गत रहेको एक स्वनिर्मित, स्वाधिन, सार्वभौम मुलुक हो, जो आज विश्वमाझ एकमात्र असली हिन्दू राज्यको परिचय बोकेर ठिङ्ग उभिएको छ । हिन्दू वस्तुतः एक धार्मिक समुदाय वा संप्रदाय भएतापनि यो विश्वको सबै धर्मको मूल सनातनको पर्याय हो । सनातन समुद्र हो र बाँकी सबै धर्म संप्रदाय यसैको हाँगाबिँगा हुन् । अतः नेपाल शुद्ध रूपमा सनातन हिन्दू अधिराज्य थियो, हो र रही रहन्छ ।
बेलाबेलाको राजनीतिक खिचातानीले कहिले बौद्ध कहिले दैवी सत्ताको धर्म आदिमा रुमल्लिएता पनि अन्ततः एकीकरण पछि बडामहाराजधिराजको उद्घोष पश्चात् यो असली हिन्दू राज्य नै हो । यसपछि यो मुलुकले आन्तरिक रुपमा जे जस्तो राजनीतिक घटना व्यहोरे पनि हिन्दू राज्यबाट कहिल्यै डगमगाएन । जब बाह्य राजनीति हस्तक्षेप प्रगाढ बन्दै गयो र मुलुकको चालकरुपी राजनीतिज्ञहरू स्वयं ढल्केबर हुन थालेपछि आज यो मुलुक धर्म निरपेक्ष बन्न पुग्यो ।
एकीकरण पश्चात् पनि यस मुलुकमा बेलाबेलामा यस्ता धरासायी पार्ने षडयन्त्रमुलक चाल नभएको पक्कै होइन । इतिहास साक्षी छ, यो मुलुकमा यस्तै बेलामा भीमसेन थापा, जङ्गबहादुर राणा, राजा त्रिभुवन तथा राजा महेन्द्र जस्ता सपुत नायकले बागडोर सम्हाले कै थिए । र त आजसम्म यो मुलुकले म नेपाल भनेर स्वास फेर्दै रहेको छ ।
नेशनल पिपल्स पार्टीले पशुपति विश्व व्यवस्था सहितको बैदिक सनतान हिन्दू अधिराज्य र विश्वका सम्पूर्ण धर्महरूको आध्यात्मिक थलो नेपाल मै सुरक्षित हुने सह–अस्तित्व र सद्भाव, मातृत्व कायम गर्दै नेपाल देशको पहिचान विश्व मानचित्रमा कायम रहनका खातिर हिन्दू अधिराज्य कायम गराउनका लागि स्पष्ट एजेन्डा सहित जन्मेको पार्टी हो ।
जय गुरु गोरख,
हेमविक्रम सिलवाल
प्रवक्ता तथा प्रचार विभाग प्रमुख
नेश्नलिष्ट पिपल्स पार्टी
नयाँ वानेश्वर, काठमाडौँ, नेपाल
प्रकाशित: १२ श्रावण २०७९, बिहीबार १२:४७

Leave a Reply