No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

0

काठमाडौं । बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ ।

सङ्घका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग माग गरेका हुन् ।

रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि सङ्घले बीमा समितिसँग माग गरेको छ । सङ्घले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ ।

श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका रूपमा ठप्प नपार्न पनि ध्यानाकर्षण गराएको छ । बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि सङ्घले जोडदार माग गरेको छ ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार १४:१७

Leave a Reply