No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नागरिक उन्मुक्तिले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

0

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेका छन् । शनिबार सामाजिक संजालमार्फत चौधरीले रञ्जितालाई पार्टी र सरकार चलाउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी चलाउ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरें ।’

उनले आफूहरूले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसमेत बताएका छन् । उनले भनेका छन्, ‘हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं ।’

प्रकाशित: १५ बैशाख २०८१, शनिबार ०८:००

Leave a Reply