No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाई नियुक्त

0

काठमाडौं । अखिल नेपाल फुटबल संघ–एन्फाले राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाईलाई नियुक्त गरेको छ । एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले हुमागाईलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा रहेकाले नेपालले खेल्ने आसन्न मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको बताइएको छ । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रकाशित: २६ श्रावण २०७९, बिहीबार १३:५६

Leave a Reply