No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्यामरूनका एकहजार सैन्य प्रशिक्षार्थी कै प्रमाणपत्र नक्कली

0

क्यामरुनमा सैन्य तालिम लिइरहेका झण्डै एक हजार प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली पाइएको छ । उनीहरु सबैको प्रमाणपत्र रद्ध गरिएको रक्षा मन्त्री जोसेफ बेती असोमोले जानकारी दिए ।

उनीहरुलाई भ्रष्टाचार गरेको आरोपमा कारबाही हुने पनि उनले बताए । सेनामा सन् २०२२ मा नयाँ भर्ना गर्नका लागि विज्ञापन आह्वान गरिएको र त्यसमा फाराम भरेर सैन्य तालिमका लागि छनौट भइ तालिम लिइरहेका मध्येकै व्यक्तिको प्रमाणपत्र नक्कली भेटिएको हो ।

क्यामरुनको सैनिकका प्रवक्ता सिरिल्ले सेर्ग अतोन्फाक गुएमोले यस्ता गलत कार्य गर्नेहरुलाई सैनिक निकायले स्वीकार्न नसक्ने उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत् सैन्य निकायको इज्जत र निष्ठामा आँच नआउने तर्फ आफूहरु सधैँ उच्च सतर्क रहेको पनि बताएका छन् । उनका अनुसार मध्य अफ्रिकी मुलुक म्यामरुनमा सैन्य प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली भेटिएको यो पहिलो पटक हो ।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार १५:०२

Leave a Reply