No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चलचित्र महापुरुषको ‘बेमौसमी’ सार्वजनिक

0

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’को गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी निर्माण पक्षले चलचित्रको गीत सार्वजनिक गरेको हो । ‘बेमौसमी’ बोलको गीतमा राम अविरल विष्टको शब्दरचना रहेको छ ।

संगीत र स्वर एसडी योगी र रेस्मा पुनको रहेको छ । प्रेमिल गीतले युवायुवतीबीचको प्रेमभावलाई समेटेको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतको भिडियोमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइलीलगायत फिचर्ड छन् ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइलीलगायत फिचर्ड छन् । चलचित्र कात्तिक ११ गते रिलिज हुँदै छ ।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार ११:५४

Leave a Reply