No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

परराष्ट्रमन्त्री खड्का र युरोपेली प्रतिनिधिमण्डलबीच भेटवार्ता

0

काठमाडौं । नेपाल भ्रमणमा रहेका युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ । नेपालको दुईदिने भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलको टोलीले शुक्रबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खड्कासँग भेटवार्ता गरेको हो ।

भेटमा नेपाल र युरोपियन युनियनका द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो । पर्यावरण, जलवायु परिवर्तन तथा नवीकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था तथा त्यसको तयारी र पर्यटन उद्योग तथा नागरिक उड्डयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर नेतृत्वमा जर्मनीबाट उलरकी मुलर, म्याक्समिलियिन केराह र चेक रिपब्लिकाबाट टमस जेचोभस्की छन् । भ्रमणबाट नेपाल र युरोपेली युनियनबीच रहिआएको सहकार्य विस्तार तथा सहकार्य अभिवृद्धिमा योगदान गर्ने नेपालस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार ०८:५४

Leave a Reply