No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनका प्रमुख सहरमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै

0

चिनियाँ अधिकारीहरूले कोभिडविरुद्धका प्रतिबन्धहरू न्युन गर्न कदम जारी राखेका छन् । सेन्जेन र बेइजिङलगायत धेरै शहरहरूमा अब सार्वजनिक यातायात चढ्न कोभिडको नेगेटिभ टेस्ट आएको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ ।

चीनमा कोभिड संक्रमण दर तीब्र ढंगले बढिरहको र सरकारको कठोर कोभिड नीतिप्रति सर्वसाधारणले आक्रोश जनाइरहेका बेला सरकारले प्रतिबन्धलाई क्रमशः न्युन गर्दै लगेको हो । ती क्षेत्रमा यात्रुहरूले अब सार्वजनिक यातायात प्रयोग गर्न वा फार्मेसीहरू, पार्कहरू र पर्यटकी क्षेत्रमा प्रवेश गर्दा कोभिड टेस्टको नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भएको छ ।

दक्षिणी सहर चेङ्दु र तियान्जिनको उत्तरी महानगरमा लाग्दै आएको कोभिड प्रतिबन्ध खुकुलो बनाइएको छ । बेइजिङमा पनि सार्वजनिक सवारी साधन प्रयोग गर्दा कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नु नपर्ने भएको छ । तर, सपिङ मलमा जाँदा भने पछिल्लो २४ घन्टामा कोभिड नेगेटिभ आएको रिपोर्ट पेस गर्नुपर्छ ।

 

प्रकाशित: १८ मंसिर २०७९, आईतवार ०७:०३

Leave a Reply