No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपतिमा प्रचण्ड काङ्ग्रेस उम्मेदवारलाई सहयोग गर्ने अवस्थामा नपुग्लान्

0

केशवप्रसाद भट्टराई ।
माओवादी नेताहरू एमालेलाई राष्ट्रपति नदिने खुला रूपमै भन्न लागे । तर माओवादी त्यही अडानमा रहे पनि माओवादी सँगकै सहकार्यको बलमा केन्द्र र प्रदेशहरू समेत सरकारमा रहेको एमाले सरकार छोडेर अहिले काङ्ग्रेसकै जस्तो स्थितिमा पुग्न नचाहला । प्रदेशमा सरकारको नेतृत्वमा रहेको, केन्द्रीय सरकारको ढुकुटीको ताल्चा –साँचो समेत बोकेको एमाले धम्की दिन्छ दिन्छ अन्त्यमा प्रचण्डसँग सम्झौता गरेरै बस्छ । जति मुर्मुरिए पनि एमाले विकल्पहीन अवस्थामा पुगिसकेको छ । तर प्रचण्ड काङ्ग्रेस उम्मेदवारलाई सहयोग गर्ने अवस्थामा नपुग्लान् ।

काङ्ग्रेस देखाएर एमालेलाई साइजमा ल्याउने र एमाले देखाएर काङ्ग्रेसलाई लडाउने दाउमा उनी माहिर छन् । अन्ततः राष्ट्रिय सहमतिको नाउमा उनले माओवादी प्रति सद्भाव राख्ने तर माओवादीको सदस्यता ग्रहण नगरेका कुनै व्यक्तिलाई प्रस्ताव गर्ने छन् । जे होस् एमालेको त भएन भनेर काङ्ग्रेसले चित्त बुझाउने र काङ्ग्रेसको त भएन लौ त भनेर एमाले चुपो लाग्ने । एमाले र काङ्ग्रेसको एमाले र काङ्ग्रेस भित्रको ‘भारण्ड’ चरित्रको लाभ प्रचण्डले यो पाँच वर्ष मज्जाले लिन्छन् ।

हिजो पनि संसदमा सवैभन्दा ठूलो दललाई सडकमा धकेलेर सत्ताको साँचो हातमा लिएर बसेका थिए –प्रचण्डजी र आज संसदको सवैभन्दा ठूलो दललाई सडकमा पुर्याएर माछो –माछो भ्यागुतोको खेलमा अलमल्याइरहेका छन् । संसदको तेस्रो दल भएर यसरी खेल्न पाए पछि किन दुःख गर्नु पहिलो र दोस्रो हुने । काङ्ग्रेस र एमाले पालै पालो माओवादी सधैं सरकारमा । तेस्रो दल भएर पहिलो र दोस्रो दललाई याचक बनाउन पाउनु । क्या मोज !

 

प्रकाशित: १५ माघ २०७९, आईतवार ०३:३८

Leave a Reply