काठमाडौं । तोयम राया महालेखापरीक्षकमा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।
राया यसअघि नेपाल सरकारको सचिव थिए । उनलाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।