+

दुर्गा खनाल र स्वरुपराजको ‘उठ न उठ मेरा सन्तति'(भिडियोसहित)

१८ जेष्ठ २०८१, शुक्रबार ११:०६

काठमाडौं । दुर्गा खनालको शब्द तथा संगीतमा नयाँ म्यूजिक भिडयो आएको छ । शुक्रबार स्वरूपराज आचार्य र दुर्गा खनालको स्वरमा नयाँ गीत ‘उठ न उठ मेरा सन्तति’ आएको हो ।

डि फोर क्रियसनको यूट्यूव च्यानलमार्फत सार्वजनिक गीतमा कलाकारहरु मिथिला शर्मा, प्रकाश दिप तिमल्सिना, न्यो सागर लामा, सुजन मोक्तान र अनिश खड्गीको अनिनय रहेको छ । भिडियोको निर्देशन सुरेन्द्र बासेलले गरेका छन्।  दुर्गा खनालका यसअघि पनि थुप्रै म्यूजिक भिडियो आइसकेका छन् ।