+

अरुणिमा र युवराजबीच सहमतिमै सम्बन्धबिच्छेद

३ जेष्ठ २०८२, शुक्रबार ११:५३

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल र उनका श्रीमान युवराज श्रेष्ठबीच सहमतिमै सम्बन्धविच्छेद मुद्दा टुङ्गिएको छ । अरुणिमालदे गत चैतमा जिल्ला अदालत सुनसरीमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिईन् ।

अरुणिमा र युवराजले गत भदौमा विवाह गरेका थिए । अरुणिमा र युवराजबीच विवाह गरेको छोटो समयमा नै सम्बन्धविच्छेद भएको हो । गत वैशाख ३० गते उनीहरुले मेलमिलापमार्फत नै सम्बन्धविच्छेद मुद्दा टुङ्ग्याका छन् । स्रोतका अनुसार अरुणिमाले अंश दाबी छाडेपछि मेलमिलापबाट सम्बन्धविच्छेदका लागि सहमति जुटेको हो ।