+

नोरा फतेही काठमाडौँमा

४ जेष्ठ २०८२, शनिबार ०४:४७

काठमाडौँ। बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आइपुगेकी छन् ।

उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा आज साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन् ।

वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेका छन् ।

कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक-गायिकाले पनि प्रस्तुति दिने भएका छन् ।

कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाईस अफ नेपालको चन्द्रकला राई लगायत ५ जनाले आफ्नो प्रस्तुति दिनेछन् ।