+

पूर्व राजाका सम्वाद सचिव डा. पाठक घर फिर्ता

२७ असार २०८२, शुक्रबार १४:४४

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव डा. फणीराज पाठक निवास फर्केका छन । बिहान सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय भद्रकाली सोधपुछका लागि गएका सचिव डा. पाठक साँझ घर फर्केका हुन ।

राजाका नाम अगाडि श्री ५ लेखेर विज्ञप्ती निकालेको अभियोगमा सरकारले डा. पाठकसंग सोधपुछ गरेको बताईएको छ । अकस्मात प्रहरीले बोलाएपछि डा. पाठक आफैं प्रहरी मुख्यालय पुगेका थिए ।

राजाका नाममा श्री ५ लेखेर विज्ञप्ती निकालेको जस्तो बेतुकको मुद्धामा सरकारले पूर्वराजाका संवाद सचिवालय र सचिव माथि गरेको धरपकडको चौतर्फी निन्दा भैरहेको छ ।

साथमा याे पनि:

संवाद सचिव डा. पाठकसंग सोधपुछ प्रकरणः श्री ५ लेख्न बकाईदा पाईन्छ सरकार