काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेड वृद्धि) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।
बोर्डको निर्णय अनुसार आगामी असार १ गतेदेखि असार ९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तय गरिएको छ।
नियमित एसईई परीक्षामा ग्रेडिङ हुन असफल भएका वा ग्रेड सुधार गर्न चाहने विद्यार्थीहरू यस परीक्षामा सहभागी हुन पाउनेछन्। बोर्डले परीक्षार्थीहरूलाई अनिवार्य रूपमा प्रवेशपत्र साथमा ल्याउन र परीक्षाको मर्यादा पालना गर्न सूचित गरेको छ।


