काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक भोली बस्दैछ । शुक्रबार बस्ने बैठकले एमाले सङ्गठन विभागको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिने तयारी गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको नेताहरूको जिम्मेवारीको खाका अनुसार ढकाललाई सङ्गठन विभागको जिम्मेवारी दिने प्रस्ताव गरेका छन्।
विभागका अन्य सदस्यहरूमा विशाल भट्टराई, सुजिता शाक्य, पार्वत गुरुङ, तिलकुमार मेन्याङ्वो,माधव ढुङ्गेल लगायतको नाम रहेको छ।


