दुर्घटनामा परेर बसका चालक र सहचालकसहित ३८ जना यात्रु घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको उक्त बस सडकमै पल्टिएपछि प्रहरी र स्थानीयको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। घाइतेमध्ये १२ जनालाई प्रहरीले आफ्नै गाडीमा राखेर अस्पताल पुर्याएको जनाएको छ।
जिल्ला अस्पताल तौलिहवाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेहरूमा बर्दियाकी पवित्रा देवकोटा र सुर्खेतका प्रकाश विक छन् । तौलिहवामा प्राथमिक उपचारपछि थप उपचारका लागि ३५ जना घाइतेलाई भैरहवाका अस्पतालहरूमा रिफर गरिएको छ।
दुर्घटनामा सकुशल रहेका अन्य यात्रुहरूलाई भने अर्को गाडीको व्यवस्था गरेर सुर्खेततर्फ पठाइएको छ भने दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।


