काठमाडौँ । संसद बैठक बस्नुअघि विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा विपक्षी दलरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू अहिले छलफलमा छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा नेताहरू छलफलमा जुटेका हुन् । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निश्कल राई, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र प्रवेश हमाल तथा प्रमुख सचेतक युवाराज दुलाल सहभागी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली पनि बैठकमा सहभागी रहेको आङदेम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिए । प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्न विपक्षी दलका नेताहरू बैठक बसेको हो ।


