+

म सांसद र मन्त्री हुने मान्छे होइन, देशसँगको ‘पिरती’ले यहाँ पुर्‍यायो: मन्त्री महावीर पुन

४ असार २०८३, बिहीबार १४:०९

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू सामान्य अवस्थामा सांसद वा मन्त्री हुने मान्छे नभए पनि देशप्रतिको अगाध ‘पिरती’का कारण मन्त्री बन्न पुगेको दाबी गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो रोचक र भावुक धारणा राखेका हुन्।

आफ्नो राजनीतिक यात्रा र विगतको स्मरण गर्दै मन्त्री पुनले आफू सुरुमै देशको राजनीतिमा लाग्ने उद्देश्यले नआएको स्पष्ट पारे। उनले आफू अमेरिकाबाट केवल एक-दुई वर्षका लागि घुम्न भनी नेपाल फर्किएको प्रसंग उल्लेख गर्दै सुरुमा गाउँको माटो र जनजीवनसँग पिरती बसेको बताए।

गाउँको मायामा बाँधिँदै जाँदा क्रमशः जिल्ला र अन्ततः पूरै देशसँग गहिरो पिरती बसेकाले नै आफूलाई यो जिम्मेवारीपूर्ण स्थानसम्म डोर्‍याएको उनको भनाइ थियो।

उनले देशप्रतिको यही माया र जिम्मेवारीबोधका कारण नै आफूले मन्त्री पद सम्हालेको भन्दै आफ्नो यो यात्रा पछाडि एउटा लामो कहानी रहेको समेत संसद्‌मा उल्लेख गरे।

ताजा अपडेट