+

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

१५ असार २०८३, सोमबार १९:२३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि आज विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले उक्त म्याद थप गरेको हो।

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउ परेपछि उनलाई अदालतबाट पहिलो पटक गत ९ गते ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। तोकिएको म्याद सकिएपछि प्रहरीले पुनः अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गरेको थियो।