No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विश्व

जापानमा कोभिड विरुद्धका प्रतिबन्ध हटाइयो

जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरु १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ । जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो । जापान…

रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

रुसले युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ । हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र…

युक्रेन-रुस युद्धमा रुसी उच्च सैन्य अधिकारीको मृत्यु

युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी उच्च सैन्य अधिकारी मारिएका छन् । रुसी अधिकारीहरूले पनि यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार…

युक्रेन आक्रमणको विरोधमा रुसमा प्रदर्शन

युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएका छन् । राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १७ सय जनालाई पक्राउ गरिएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा…

भियतनामद्वारा २० देशका लागि हवाई उडान खुल्ला

भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा अहिले महामारी कम भएकाले सुचारु गर्न लागिएको अधिकारीहरूले जनाएका छन् । उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान,…

भारतमा थप ३० हजारलाई कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य…

युक्रेनको सीमाबाट रूसलाई फौज हटाउन बेलायतको आग्रह

मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बताएको छ । बेलायती विदेशमन्त्री लिज ट्रुसले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘हामीले युक्रेनी…

अर्जेन्टिनामा विषाक्त कोकिन सेवनबाट २३ जनाको मृत्यु

अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ८४ जनालाई अस्पताल भर्ना गरिएको छ । अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशेष समिति गठन गरेको छ ।…

दक्षिण कोरियामा एकैदिन १४ हजार भन्दा बढीलाई कोरोना संक्रमण

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । यो…

रात्रि क्लबमा आगलागी हुँदा अर्मेनियामा १६ जनाको मृत्यु

अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिए । रात्रि क्लबमा खचाखच मानिसहरु रहेका बेला सो…