No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आगामी शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु हुने

0

काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको हो ।

कोभिड महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकोले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार १४:३८

Leave a Reply