No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको उपाध्यक्षमा पारस राई

0

काठमाडौं । राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको उपाध्यक्षमा पारस राई निर्वाचित भएका छन् । हालै जुम मार्फत सम्पन्न अधिवेशनले ग्लोबल चिम्से सोलका अध्यक्ष समेत रहेका राईलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राईले नेपालमा हुने विभिन्न दैवीप्रकोप तथा विपन्न वर्गलाई सहयोग पुर्याई रहेका छन् ।

उनले कोभिड माहामारीमा ग्लोबल चिम्से सोलमार्फत दोलखा,काठमाडौ लगायत मुलुकका विभिन्न स्थानमा स्वास्थ सामग्री तथा विभिन्न अस्पतालमा उपचार गराई रहेका विपन्न वर्गलाई उपचारको लागि सहयोग जुटाउँदै आएका छन् । राजसंस्था तथा हिन्दूराष्ट्रका हिमायती राई राप्रपाले उठाउँदै आएको मुद्दाको कट्टर समर्थक छन् ।

राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज दक्षिण ३६ सदस्यीय कार्यसमितिको अध्यक्षमा संजिव भण्डारी रहेका छन् । संसारभर राप्रपा समर्थित २७ देशमा प्रवासी नेपाली एकता समाजको संगठन विस्तार भएको छ।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार १२:५५

Leave a Reply