No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रसिया र युक्रेन बीच युद्ध – पश्चिमा नास्तिकता धर्मविरोधी वान वर्ल्ड अर्डरको छत्रछाँयामा युक्रेनका राष्टूपति जेलेन्स्की

यस युद्ध चाँडो भन्दा चाँदो दुबै पक्ष शान्ति वार्ताद्वारा सम्झौता भएमा विश्व शान्ति कायम हुन्छ । अन्यथा विश्वयुद्ध चर्किन सक्ने प्रबल सम्भावना छ । यही नै पश्चिमाहरूको एजेण्डा हो भन्ने कुरा जेलेन्स्कीले बुझ्नु पर्‍यो ।

0
रसिया र युक्रेन बीच को तकराव भित्र लुकेको रहस्य ? यो एउटा निकै पेचिलो र योजनावद्ध षडयन्त्रको प्रश्न हो । यसमा धर्मको राजनीति घुसेको छ । सोभियत संघ विघटन पछी क्षतविक्षत तत्कालिन रसिया भ्लादिमिर पुटिन को उदय पछी जुन पुणनिमाण सुरु भयाे कम्युनिज्म को आधारमा धर्म विरोधी ‘ नास्तिकवाद ‘ मार्क्सवादी – लेनीनवादी दर्शन ले धर्म लाई अफिम भने । सांस्कृतिक आन्दोलनको नाम धार्मिक संगठनहरू माथि आक्रमण गरे । यो नास्तिकवाद र आस्तिक ता बीचको विश्वव्यापी एक किसिमको विद्रोह चल्यो ।
आज जुन रसिया र युक्रेन बीच युद्ध भईराखको छ यो विशुद्ध पश्चिमा नास्तिकता धर्मविरोधी वान वर्ल्ड अर्डरको छत्र छाँयामा युक्रेनका राष्टूपति जेलेन्स्की अधि बढिरहेका छन् । यदि यो युद्ध रसिया ले हारेमा नास्तिकतावाद को विजय हुनेछ । यस्को षड्यन्त्र क्रिश्चियन धर्म गुरु हरुले जति बुझेका छन् वैदिक सनातन हिन्दूहरू र बौद्ध धर्मावलम्बिहरुले बुझ्न सकेका छैन । जस्तै अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ‘ रसियाका राष्ट्रपति पुटिनले राम्रोसंग बुझेका छन् ।
सोभियत विघटन पछीका चर्चहरु लाई पुनर्निमाण ‘ चर्चका सम्पत्ति फिर्ता लगायतका कार्यहरुको थालनि पुटिन उदय भएपछी धर्मलाई मान्यता र राष्ट्रियता लाई मान्यता दिएका कुरालाई पश्चिमाले रुचाएका थिएनन् । युक्रेनमा जेलेन्स्की को उदय पछी रसियालाई कमजोर बनाउन नेटो सेनाको सदस्य बन्न लालायित भएपछी आफू विरुद्ध छिमेकी राष्ट्र प्रयोग भएपछी पुटीन सरकार छिमेकी माथि आक्रमण गर्न बाध्य भएको देखिन्छ । यस युद्धबाट रसिया कमजोर भएमा दक्षिण एसिया ने कमजोर हुने देखिन्छ । यस्को असर साउथ एसियामा पनि नराम्रो संग पर्न सक्छ ।
यस युद्ध चाँडो भन्दा चाँदो दुबै पक्ष शान्ति वार्ताद्वारा सम्झौता भएमा विश्व शान्ति कायम हुन्छ । अन्यथा विश्वयुद्ध चर्किन सक्ने प्रबल सम्भावना छ । यही नै पश्चिमाहरूको एजेण्डा हो भन्ने कुरा जेलेन्स्कीले बुझ्नु पर्यो ।
गुरु गोरख ! !!
हेम विक्रम सिलवाल, संयोजक
स्वतन्त्र नागरिक समाज
पाटनढोका, पीपलबोट, ललितपुर
May be an image of 1 person and indoor
प्रकाशित: १७ चैत्र २०७८, बिहीबार ११:४५

Leave a Reply