No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टी–२० शृङ्खला विजेता खेलाडीलाई सरकारले पुरस्कृत गर्ने

0

काठमाडौं । सरकारले त्रिकोणात्मक टी–२० शृङ्खलाका विजेता नेपाली टोलीका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही दुई लाख प्रदान गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही एक लाख प्राप्त गर्नेछन् । यही चैत १४ देखि २१ गतेसम्म काठमाडौँमा भएको नेपाल, पपुवान्युगिनी र मलेसियाबीचको प्रतियोगितामा नेपाली राष्ट्रिय टोली विजयी भएको थियो । विजेता खेलाडीलाई पुरस्कृत गर्ने प्रस्ताव खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार १६:३१

Leave a Reply