No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानसेनापति ट्रफीमा मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम

0

काठमाडौं । प्रधानसेनापति ट्रफीअन्तर्गत कमाण्डतर्फ मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम भएको छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले मध्य कमाण्डका सेनापति उपरथी बाबुराम श्रेष्ठलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका हुन् । त्यस्तै बाहिनी अड्डातर्फ २८ नम्बर बाहिनी र गणतर्फ जगदल गण प्रथम भएको छ ।

प्रधानसेनापति शर्माले २८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हिम्मत बहादुर विष्ट र जगदल गणका गणपति सरोजकुमार कार्कीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरेका छन् । गत चैत्र १६ गतेबाट शुरु भएको ‘प्रधान सेनापति ट्रफि–२०७८’ खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेल समावेश थिए । प्रतियोगिताको खुला म्यारथन दौडतर्फ ४२ किलोमिटरमा जमदार कृष्ण बस्नेत र १० किलोमिटरमा सिपाही सुभाष कार्की प्रथम भएका छन् । बक्सिङ्गतर्फ अमल्दार पुनम रावल, सुटिङ्गतर्फ प्युठ कल्पना परियार र एथलेटिक्सतर्फ सिपाही सरस्वती चौधरी प्रथम भएका छन् ।

प्रतियोगिताको फुटबलतर्फ भैरवनाथ गणले पहिलो स्थान हात पारेको थियो भने फस्ट राइफल गणले दोस्रो स्थान हात पार्यो । पुरानो गोरख गण तेस्रो भयो । बास्केटबलतर्फ १६ नम्बर बाहिनी अड्डा पहिलो भयो भने भलिबलमा १९ नम्बर बाहिनी अड्डाले प्रथम स्थान हात पारेको छ । सुटिङ्मा २८ नम्बर बाहिनी अड्डा पहिलो भएको छ । त्यस्तै एथ्लेटिक्सतर्फ १६ नम्बर बाहिनी अड्डाले पहिलो भयो ।

 

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार १४:५९

Leave a Reply