No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सत्तारुढ गठबन्धनको इशारामा ६ महानगरमा मतपत्रको डिजाइनः एमाले

0

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गरेको भन्दै आपत्ति जनाएको छ । सत्तारुढ गठबन्धनका दलहरुको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने काम भएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

एमालेले यससम्बन्धमा निर्वाचन आयोगको गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको जनाएको छ । आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा ६ महानगरको मतपत्र उमेदवारी दर्ता भएपछि मात्रै छपाइ गरिने जानकारी गराएको थियो ।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार १०:५८

Leave a Reply