No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्थानीय चुनाव लगत्तै गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने

0

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक संजालमार्फत घिमिरेले उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै पार्टीको सक्रिय राजनीतिबाट बिदा लिने बताएका हुन् ।

उनले भनेका छन्,‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ।स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु।स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ ।’

उनले पार्टीका केही राम्रा साथीहरूले स्थानीय चुनावमा टिकट पाएकोले उनीहरूलाई स्थानीय चुनावमा सहयोग गर्ने पनि बताएका छन् । घिमिरे कांग्रेस महाधिवेशनमा प्रदेश नम्बर १ को सभापति पदमा दुई भोट नपुगेर पराजित भएका थिए।

 

 

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार ०६:२२

Leave a Reply