No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विप्लवसँग असन्तुष्ट नेताद्वारा नेकपा(बहुमत) गठन

0

काठमाडौं । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूह संसदवादमा फस्न लागेको भन्दै अन्तुष्ट पक्षले छुट्टै नेकपा (बहुमत) गठन गरेको छ । विप्लवसँग छुट्टिएर नयाँ पार्टी बनेको नेकपा (बहुमत)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन अस्वीकार गर्ने घोषणा गरेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलन सो पार्टीले अब पुराना धार त्याग्दै देशको राजनीतिक गतिविधिलाई नयाँ ढंगले अघि बढाउने बताएको हो । सो पार्टीले दुई दिनअघि चितवनमा सम्पन्न राष्ट्रिय भेलाले लिएका महत्वपूर्ण राजनीतिक निर्णयहरू सार्वजनिकसेत गरेको पार्टीका नेता पूर्णबहादुर सिंह ‘प्रवीण’ले बताए ।

यसअघि, चितवनमा सम्पन्न विशेष राष्ट्रिय भेलाले पार्टीको नाम फेरेर नेकपा (बहुमत) राख्ने निर्णय गरी ८१ सदस्यीय समितिको संयोजकमा धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई चयन गरेको छ । पार्टीले यसअघि विप्लवले तय गरेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गर्दै पार्टीको कार्यदिशा ‘वैज्ञानिक समाजवादी क्रान्ति’ नीति अवलम्बन गरेको छ ।

तीन सयभन्दा बढी प्रतिनिधि उपस्थित रहेको उक्त भेलाले केपी ओली, प्रचण्डहरुले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि आफूहरुले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएको तर, (विप्लव) सैद्धान्तिकरूपमा सारसंग्रहवादी, संशोधनवादी र अराजनीतिक खालको एकीकृत जनक्रान्तिको नाम मात्र लिएर हिँड्न खोजेको आरोप लगाउँदै अब जन क्रान्तिलाई वैज्ञानिक तरिकाले अघि बढ्ने र शहीदको सपनालाई पूरा गर्ने बताएको हो ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार ०८:५६

Leave a Reply