No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डढेलोको रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ?

0

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील नभएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत कोइरालाले डढेलोका कारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइसकेको भन्दै रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘यसवर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो । अर्बौंको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । वर्षेनि डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार ०२:५१

Leave a Reply