No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

0

बझाङ । बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मानबहादुर बोहराले विजयी भएका छन् । ६७५ मत ल्याएर उनी अध्यक्षमा विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भए । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । यो पालिकामा वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन् ।

वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९, आईतवार ०३:४६

Leave a Reply