No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुग्ण आयोजनाको विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन

0

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो ।

पत्रमा भनिएको छ, ‘मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पत्तिको नोक्सानी व्यहोर्नुपरेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना र योजना सञ्चालन गर्न कार्यालय र निकायसँग समन्वय गरी त्यहाँ जिल्लास्थित हाल अलपत्र र रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरूको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ।’

साथै मन्त्रालयले त्यस्ता अलपत्र र रुग्ण योजना र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय र निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न समेत सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार ०८:३३

Leave a Reply