No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

३,५३२ मतका साथ बालेन अगाडि, स्थापितको १,८५६

0

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन साहले आफ्नो अग्रतालाई कायम राखेका छन् । साह ३५ सय ३२ मत ल्याएर अग्रता स्थानमा छन् । नेकपा एमालेका केशव स्थापितले १८ सय सय ५६ मत प्राप्त गर्दै साहलाई पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६ सय ६८ मत प्राप्त गरेकी छन् ।

यसैगरी काठमाडौंको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले ३३ सय १७ मत प्राप्त गरेकी छन् भने उनलाई गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ६२ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

प्रकाशित: १ जेष्ठ २०७९, आईतवार १३:०२

Leave a Reply