No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो विजयलाई विकासमा बदल्ने सङ्कल्प गर्ने बेला होः प्रचण्ड

0

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन् ।

शनिबार मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेद्वारलाई आफ्नै निवास खुमलटारमा बधाई दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, “निर्वाचन अघि पनि जितेर आउने प्रतिवद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकोमा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।”

उलने मध्यपुर थिमी भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने बताए । मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरुलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको भनाई थियो ।

उनले भने, “त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाई सूचना लगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिंगै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईँहरु आउनुभएको छ ।” प्रचण्डले विजयी जनप्रतिनिधिहरुलाई अब राम्रो काम गर्ने चुनौति रहेको तर्फ सचेत पनि गराए ।

उनले मध्यपुर थिमीमा गठबन्धनको मर्मलाई पक्डिन सफल भएको देखिएको भन्दै भने, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा शुरु गर्न खोजेको हो । मूलभूत रुपमा गठबन्धन सफल भएको हो । हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प हो । यसमा हामी गठबन्धनका दलहरु दृढ छौं ।”

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार ०६:१४

Leave a Reply