No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं महानगरपालिका-७ मा कांग्रेस विजयी

0

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा २५ वर्षपछि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार २ हजार ८६७ मतसहित नेपाली कांग्रेसका विमलकुमार होडा वडाध्यक्ष निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णमणि भट्टराईले २ हजार ८१६ मत ल्याए भने एकीकृत समाजवादीका सुद्धकुमार डंगोलले ९२४ मत ल्याए । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल थापाले ५५८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णुकुमार चौलागाईँले ११२ मत ल्याए ।

यस वडामा चार वडासदस्य पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट विजयी भएका वडा सदस्यहरुमा उज्वल अर्याल, सुरेश शाहि, महिला तर्फ रुपा थापा र दलित महिलातर्फ कल्पना सुन्दास रहेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार ०६:५२

Leave a Reply