No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उत्तर कोरियाद्वारा तीन वटा व्यालेस्टिक क्षेप्यास्त्र प्रहार

0

उत्तर कोरियाली सरकारले तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ ।दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको बताएको छ ।

बुधबार बिहान ६ः३७ देखि ६ः४२ सम्म ती क्षेप्यास्त्र हानेको पाइएको समाचारमा जनाइएको हो । बुधबार बिहान प्रहार गरेका यी तीन ब्यालेस्टिक क्षेप्यास्त्रसहित उत्तर कोरियाली सरकारले १७ औँ पटकसम्म क्षेप्यास्त्र हानेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ ।

दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुनसक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानमा भएको भ्रमणको एक दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको पाइएको छ ।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार ०७:५१

Leave a Reply