No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आईजीपी बढुवाविरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाइ हुँदै

0

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा जिकिर गरेका छन् । गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । आज विश्वराज पोखरेलका कानुन व्यवसायीले धीरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेस गर्ने छन् ।

उनीहरुको बहसपछि सिंहका कानुन व्यवसायीले बहस गर्नेछन्। सरकारी पक्षको बहसपछि पोखरेलका कानुन व्यवसायीले जवाफी बहस दिएपछि अदालतले फैसला सुनाउनेछ। सर्वोच्चले रिट खारेज गरे सिंह प्रहरी प्रमुख निरन्तर हुनेछन् भने जारी गरे विश्वराज पोखरेल नयाँ प्रहरी प्रमुख हुने छन्।

प्रकाशित: ५ असार २०७९, आईतवार ०३:३५

Leave a Reply