No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपति जेलेन्स्कीद्वारा देशको दक्षिणी भाग पुनः फिर्ता ल्याउने प्रतिबद्धता

0

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार आफ्नो सेनाले दक्षिणी भाग कसैलाई नदिने वाचा गरेको र त्यसलाई पुनः फिर्ता ल्याउन आफूले निर्णायक कदम चाल्ने बताएका छन् ।

सुरक्षा फ्रन्टलाइनको भ्रमणका क्रममा उनले सो कुरा बताएका हुन् । यसैबीच नेटोका प्रमुखले युक्रेनमा युद्ध लामै समयसम्म जारी रहन सक्ने चेतावनी दिएका छन् । कीभ बाहिर दुर्लभ यात्रा गर्ने क्रममा राष्ट्रपतिले होल्ड–आउट ब्ल्याक सी शहर माइकोलाइभको यात्रा गरेको र नजिकै रहेको ओडेसा रेगमा सैन्य क्याम्पको भ्रमण गरेका हुन् ।

“हामी दक्षिण कसैलाई दिनेछैनौं, हामी हाम्रो सबै चीज फिर्ता गर्नेछौं र युक्रेन र युक्रेनी सुरक्षित रहनेछन्,“ उनले कीभ फर्कने क्रममा भने । भ्रमणका क्रममा आफूले सेना र प्रहरीसँग कुराकानी गरेको पनि उनले बताएका छन् ।

यसैबीच नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले चेतावनी दिदै युद्ध लामो समय जान सक्ने र यसका लागि वर्षौंसम्म तयार रहनुपर्ने बताएका छन् । जर्मन दैनिक पत्रिका बिल्डसँग कुरा गर्दै, स्टोल्टेनबर्गले भने, “हामीले युक्रेनलाई हाम्रो समर्थनमा कमजोर हुन दिनु हुँदैन, यद्यपि लागतहरू उच्च भए पनि–सैन्य सहयोगको हिसाबले मात्र होइन तर ऊर्जा र खाद्यान्नको मूल्य बढेको कारण पनि।“

यो जटिल भएको छ । रूसी सेनाले हालैका हप्ताहरूमा युक्रेनको पूर्वी र दक्षिणमा आफ्नो फायरपावरलाई निर्देशित गरेको छ किनभने तिनीहरूले क्यापिटल लिने प्रयासमा असफल भएका छन्।

प्रकाशित: ५ असार २०७९, आईतवार ११:२३

Leave a Reply